झापा। श्री सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिर हल्दीबारी ३ देवनिया नदि किनारमा आजबाट अग्नि महापुराण कलश शोभायात्रा सहित शुभारम्भ भएको छ। यसपटकको अग्नि महापुराण यो मन्दिरमा लागेको नवौँ पुराण हो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहोरा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने हल्दीबारी वडा नं ३ का वडा अध्यक्ष विष्णु ओली, भद्रपुर वडा नं ६ का वडा अध्यक्ष रतिया राजवंशी, वडा नं ३ का वडा अध्यक्ष हंसधर राजवंशी, हल्दीबारी वडा नं ३ का वडा सदस्यहरू कर्ण भण्डारी, अजित विष्ट, विष्णुमाया ढुंगेल, मुख्य कर्ता उत्तम राजवंशी, प्रमुख वाचक पं उदय शास्त्री,उपव्यासाचार्य पं मिलन कोइराला, जलथल रेडक्रस सभापति रेम खरेल, खानेपानीका अध्यक्ष केदार उप्रेती, नेपाली कांग्रेसका सभापती गंगा प्रसाई, उपसभापति होम चुडाल, राप्रपाका सचिव योगेश कार्की, जलथल प्रहरी चौकी इन्चार्ज कृष्णप्रसाद दुलाल सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, शिक्षक विधार्थी, संचारकर्मी र धार्मिक व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि लिङदेनले पानसमा दीप प्रज्वलन गरि गुरूहरुबाट स्वस्ति वाचन गरी उद्घाटन गरिएको कार्यक्रममा स्वागत मन्तब्य मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शालिकराम कार्कीले गरेका थिए भने कार्यक्रम संचालन संचारकर्मी देवीका अधिकारीले गरेकी थिइन्।