झापा। स्व. जगतबहादुर +नरमाया वन स्मृति प्रतिष्ठान हल्दीबारीद्धारा आयोजित प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि हल्दीबारी २ ले हात पारेको छ । हल्दीबारी २ र ५ बिच भएको फाइनल खेलमा वडा नं २ ले वडा नं ५ लाई २–० को गोल अन्तरले हराएको थियो।हल्दीबारी २ ले उपाधिसँगै नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र साथै उप–बिजेता टिम वडा नं ५ ले नगद १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी बेष्ट प्लेयर अफ टुर्नामेन्ट आयुस लिम्बु, बेष्ट किपर समिर लिम्बु, बेष्ट फरवर्ड हिरण राजवंशी, बेष्ट मिड फिल्डर राजेश राजवंशी, बेष्ट डिफेन्डर अभिषेक मगर र हाईस्कोरर जलन खवास भएका छन् । उनीहरुलाई जनही एक हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । शुक्रवार (हिजो) बाट शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
फाइनल अघि हल्दीबारी ५ र १ बिच खेल भएको थियो। सो खेलमा वडा नं. ५ ले वडा १ लाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यसैबिच हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिच पनि रोमाञ्चक खेल भएको थियो । जनप्रतिनिधिले कर्मचारीलाई २–० को गोल अन्तर गर्दै बिजय भएका थिए । जनप्रतिनिधिका तर्फबाट ३ नं वडाका वडा सदस्य अजित विष्टले २ गरेका थिए भने कर्मचारीका तर्फबाट जवाफी गोल हुन सकेन।
प्रतिष्ठानले पहिलो पटक फागुन ९ र १० गते २ दिने प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतिष्ठानका संरक्षक तथा अधिवत्ता डम्बर बन, प्रतिष्ठानका संरक्षक तथा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) सहित वन परिवारले आफ्ना स्व. मातापिताका नाममा पहिलो पटक प्रतियोगिता आयोजना गरेका हुन् ।
प्रतिष्ठानले हल्दिबारी माविमा एक लाख ११ हजार १०० रुपैयाँको अक्षयकोष स्थापना गरी मुटु रोगी बिद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ । २ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको ब्यवस्थापन हल्दीबारी माविले गरेको थियो ।
कार्यक्रममा प्रदेश सांसद छविलाल चुडाल, गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रतिष्ठानका संरक्षक डम्बर बन, प्रतिष्ठानका संरक्षक तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रतिष्ठानकी संस्थापक सत्यरूपा वन, हल्दिबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिन, सह–प्रधानाध्यापक तुलसीप्रसाद कोइराला, वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरु, कर्मचारीहरु, बिभिन्न संघ/संगठनका प्रमुख तथा प्रतिनिधिलगायतको आतिथ्य तथा उपस्थिति रहेको थियो ।