झापा।राष्ट्रिय निजी तथा आवासीय विधालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन ) झापा अन्तर्गत श्री चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालय हल्दिबारी-३ मा संचालन भएको क्षेत्रीय आधारभूत तह स्तरीय जुनियर फुटवल प्रतियोगितामा श्री चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालय हल्दिबारी-३ विजयी बन्न सफल भएको छ नमुना अंग्रेजी माध्यमिक विद्यालय बाह्रदशी -५ उप-विजेता बनेको छ ।मा.वि. स्तरीय छात्रा भलिवल प्रतियोगितामा स्वर्णिम शिक्षा सदन कचनकवल-२ ले प्रथम स्थान प्राप्त गरी विजेता हुँदा श्री चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालय हल्दिबारी-३ ले दोश्रो स्थान प्राप्त गरी उप-विजेतामा चित्त बुझाउन पर्यो।यसै गरी मा.वि. स्तरीय छात्र भलिवल प्रतियोगितामा स्वर्णिम शिक्षा सदन कचनकवल-२ ले प्रथम स्थान प्राप्त गरी विजेता हुँदा श्री चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालय हल्दिबारी-३ ले दोश्रो स्थान प्राप्त गरी उप-विजेता बन्न पुग्यो भने नमुना अंग्रेजी माध्यमिक विद्यालय बाह्रदशी -५ ले तेश्रो बन्यो।क्षेत्रीय स्तरमा संचालित उक्त खेल प्रतियोगिता नेसनल प्याब्सन कोशी प्रदेश कार्य समितिका उपाध्यक्ष रामकुमारसिंह राजबंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा नेसनल प्याब्सन कोशी प्रदेश कार्य समितिका सदस्य जीवन भट्टराई तथा नेसनल प्याब्सन झापाका नि.वर्तमान अध्यक्ष खिवराज भट्टराईको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रम चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालय हल्दिबारी-३ का संस्थापक प्रिन्सिपल दुर्गामणि गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।४ वटा विद्यालयका करिव १५० विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा विजेता खेलाडी छात्र ,छात्राहरुलाई पुरस्कार प्रमाण-पत्र ,मेडल र ट्रफी वितरण गरिएको थियो भने कार्यक्रमको सहजीकरण मनोज सुवेदीले गरेका थिए।