बिर्तामोड ३ स्थित बिराट पोखरिमा भव्य शिव आरती तथा लाख बत्ती प्रज्वलन ।

झापा ।

Advertisement
बिर्तामोड- ३ स्थित बिराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको आयोजनामा फागुन १४ गते बुधबार महाशिवरात्रिको अवसरमा भव्य शिव आरती तथा लाख बत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । यस धार्मिक कार्यक्रममा स्थानीय भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने छ । कार्यक्रमको मुख्य उद्देश्य त्यस धार्मिक क्षेत्रको बिकास,प्रबर्द्धन र धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु रहेको उक्त समितिका युवा सदस्य सुशील चुडालले जानकारी दिनुभयो ।

त्यसै अवसरमा, सहभागीहरूले भगवान् शिवको आराधना गर्दै लाखौं बत्ती प्रज्वलन गरी वातावरणलाई भक्तिमय बनाउने एवम कार्यक्रमले स्थानीय समुदायमा धार्मिक उत्साह र एकताको भावना अभिवृद्दी गर्ने कुरामा आयोजक समिती विस्वस्त रहेको वहाले बताउनु भयो ।

यस प्रकारका धार्मिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकहरूको रहेको छ। यसैबीच, महाशिवरात्रिको अवसरमा देशभरका विभिन्न मन्दिरहरूमा पनि विशेष पूजा, आरती तथा धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search