शिक्षामा अविभावकको सार्थक संलग्नता आवश्यक, राजेन्द्र लिङदेन

झापा। हल्दीबारी गाउॅंपालिकाद्वारा आयोजित ”अभिभावक शिक्षा – आजको आवश्यकता” कार्यक्रम आज हल्दीबारी गाउॅंपालिका वार्ड न ०३ मा अवस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विष्णु माया तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षकको रुपमा श्री पशुपति माध्यमिक विद्यालयका शिक्षक श्री सुपेन चन्द्र सिंह राजवंशीले सहजीकरण गरेका थिए।


कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व उप प्रधान तथा जलस्रोत मन्त्री माननीय राजेन्द्र लिङ्देन रहेका थिए।
हल्दीबारी गाउॅंपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री मान ब वन ले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने हल्दीबारी गाउॅंपालिकाका अध्यक्ष रविनद्र लिङदेन,उपाध्यक्ष श्री लक्ष्मी मैनाली, विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरे लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए।


आफ्नो मन्तव्यको क्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय राजेन्द्र लिङ्देन ज्यूले शिक्षामा अभिभावकको सार्थक संलग्नतालाई बढाउन अभिभावक शिक्षाको अहम भूमिका रहने र बालबालिकाहरुलाई उनीहरुको रुचि, चाहना, आवश्यकता र क्षमताको आधारमा उचित मार्गदर्शन दिन विद्यालय र शिक्षकको भन्दा पनि अभिभावकको भूमिका झनै महत्वपूर्ण रहने भन्दै उपस्थिति जनाउने सम्पूर्ण अभिभावक र शिक्षकहरुलाई कृतज्ञता व्यक्त गरेका थिए।हल्दीबारी गाउँपालिकाले केही दिन अघिबाट यो कार्यक्रम संचालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search