पुर्व विधार्थी समाज महेन्द्र मा बि जलथलको पहिलो साधारणसभा सम्पन्न । अध्यक्षमा पुन : पुष्पराज निरौला चयन

झापा । झापाको हल्दीबारी वडा नं ४ मा अवस्थित पुर्व विधार्थी समाज महेन्द्र माध्यमिक विधालय जलथलको पहिलो साधारण सभा फाल्गुण १७ गते सनिवार आज सम्पन्न भएको छ । हल्दीबारी २ स्थित भेलागढी सहित स्मृति लोकतान्त्रिक पार्कमा आयोजित उक्त साधारण सभा तथा बनभोज कार्यक्रममा महेन्द्र माध्यमिक विधालयमा अध्यन गर्ने एस एल सी ब्याच २०४३ देखि एस एल सि ब्याच २०६८ साल सम्मको पुर्व विधार्थी हरुको बाक्लो उपस्थिति रहेको थियो ।


उक्त समाजको अध्यक्ष पुष्पराज निरौलाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थामा आवद्द सम्पुर्ण पदका पदाधिकारी लगायत सदस्य हरुको उपस्थिति रहेको थियो । आज सम्पन्न भएको साधारण सभा तथा बनभोज कार्यक्रमको बिच उक्त समाजका सहसचिव एवम कार्यावाहक कोषाध्यक्ष भरत ढकालले संस्थाको आय व्यायको विवरण प्रस्तुत गरेका थिए ।

ढकालले प्रस्तुत गएको प्रतिवेदनमा प्राप्ति रु १६६०३० रहेको थियो भने भुक्तानी ११३७७० रहेको थियो । हाल संस्थाको कोषमा रु ५२,२६० रहेको जानकारी पनि ढकालले गराएका थिए। उक्त कार्यक्रमको सहजिकरण संस्थाका सचिव नितेश्वर शाहले गरेका थिए ।

उक्त संस्थामा केहि नयाँ र केही सर्वोसहमत गरि जम्मा १५ जना नयाँ सदस्य हरुको समिती चयन भएको जानकारी समेत सह सचिब ढकालले जानकारी दिए । नया समिती चयन हुनेमा अध्यक्ष तर्फ पुष्पराज निरौला उपाध्यक्ष हिमादेवी मिश्र, कुशवराज मैनाली कोषाध्यक्ष चेतन बाह्रकोटी सचिब प्रलाद सिलवाल, सह सचिब भरत ढकाल, लगायत सदस्य हरु, अजित कु पौडेल, पर्शुराम निरौला,अर्जुन भट्टराई,कुबेर भेटवाल, दुर्गादेवी ओलि,तनुजा उप्रेती, पुष्पलाल ढकाल, होम कार्की, र सर्मिला लामिछाने रहेकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search