झापा । हल्दीबारी गाउँपालिका वडा नं १ मा बालमैत्री स्थानिय शासन सम्बन्धी वडास्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन रहेका थिए।
कार्यक्रममा वडा सदस्य एवंम कार्यापालिका सदस्य शान्ता शिवाकोटी ,रूपा रसाइली ,वडा सदस्य प्रकाश कुमार कार्की , कुल बहादुर वान्तवा, हल्दीबारी गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपाने , महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा,गोलधाप स्वास्थ्य चौकी प्रमुख याम प्रसाद न्यौपाने, गोलधाप प्रहरी चौकी इन्चार्ज सुमेश्वर चौधरी, शिक्षा समिती सदस्य तथा समाजसेवी धर्म शिवाकोटी, समाजसेवी तथा बुद्दिजिवी ब्याक्तित्वहरु नरेन राई ,दिलकेशर थापा,इन्द्र कार्की, कासिनाथ सापकोटा, इन्द्रप्रसाद कुइकेल, झमक तिम्सिना, आदि रहेका थिए ।
कार्यक्रममा वडा नं १ भित्रका विभिन्न स्थानिय विधालयको प्रतिनिधित्व गर्दै शिक्षक शिक्षिका , विधार्थी लगायत अविभावकहरु र विभिन्न पेशामा आवद्द व्यावसायी हरुको उपस्थिती रहेको थियो ।बाल मैत्री अभिमुखी कार्यक्रम के हो? बाल अधिकार र बालबालिकाको हकहितको बारे प्रशिक्षक सुमन प्रष्ट पारेका थिए।
कार्यक्रमको सहजिकरण हल्दीबारी गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।
हल्दीबारी गाउँपालिकाले गाउँपालिकालाई २०८३ भित्रमा बालमैत्री बनाउने लक्ष्य लिएको छ।