झापा
। हल्दीबारी गाउँपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाएको छ। गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गरेकी थिइन भने प्रमुख अतिथी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन रहेका थिए ।कार्यक्रममा सम्पूर्ण वडाका वडा अध्यक्ष ,जनप्रतिनिधहरू, कर्मचारीहरू,विभिन्न संघ संस्थामा आवद्द रहेका व्यक्तित्वहरु, विधालयका शिक्षक, प्रहरी प्रशासन एवंम दिदीबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रममा निमित प्रमुख प्रशासकिय अधिकृत राजन न्यौपानेले स्वागत मन्तव्य सहित औचित्य माथि प्रकाश पारेका थिए।
कार्यक्रममा ज्येष्ठ नागरिक ८५ बर्षिय आमालाई खादा लगाई सम्मान गरिएको थियो भने अधिवक्ता कबिता बास्तोलाले नारीहरुको हकहित र अधिकार बारे प्रष्ट पारेकी थिइन। यसैगरी कार्यक्रममा लोपोन्मुख मेचे समुदाय र संथाल समुदाय बाट प्रतिनिधित्व गरि आएका दिदीबहिनीहरु ले मौलिक नृत्य प्रस्तुत गरेका थिए।
यसैगरी गाउँपालिकाको आर्थिक सहयोगमा गत वर्ष नौमती बाजा बजाउन सिकेका संयुक्त महिला आवाज नेपालका दिदीबहिनीहरूलाई आर्थिक उपार्जन संग जोडन पालिकाले नौमती बाजा पनि हस्तान्तरण गरेको थियो।