जनजागृति मा वि पूर्व विधार्थी समाजको पुर्नमिलन कार्यक्रम, अग्रज शिक्षक सम्मान

 

झापा ।

Advertisement
हल्दीबारी गाउँपालिका १ गोलधापमा रहेको पुर्व विधार्थी एकता समाज जनजागृती मा.वि ले आफ्नो पहिलो साधारणसभा साथै एस एल सि ब्याच २०४६/४७ साथीभाई भेटघाट एवंम पुनर्मिलन ,एवंम वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
हल्दीबारी २ स्थित पर्यटकिय क्षेत्र भेलागढी सिमसारमा सम्पन्न भएको रमाइलो वनभोज कार्यक्रममा उक्त संस्थामा आवद्द सम्पुर्ण सदस्यहरूको उपस्थिति रहेको थियो ।


पुर्व विधार्थी एकता समाज संस्थाकी अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन रहेका थिए ।

कार्यक्रममा २०४६/४७सालमा एस एल सि दिएका विधार्थी ब्याच एवंम शिक्षक शिक्षिका हरुको पुर्नमिलन र गुरुबर्ग हरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका सम्पुर्ण सदस्य हरुले आ आफ्ना जिवनका तितामिठा पलहरुलाई सबै सामु राखेका थिए । कार्यक्रममा पुर्व विधार्थी एकता समाज द्वारा विशिस्ठ गुरुबर्गहरु गणेश ओली , टेक बा योङ्गहाङ, कपिलमणी चापागाई, कुबेर बराल, र यशोधा चुडाललाई खादा माला  दोसल्ला लगाई सम्मानित गरिएको थियो ।


उक्त कार्यक्रममा पुर्व विधार्थी एकता समाजका अध्यक्ष शान्ता शिवाकोटी , उपाध्यक्ष हेम ब लिङ्देन , सचिब निराजन दाहाल, सह सचिब दुर्गा प्र कुईकेल, कोषाध्यक्ष रुद्रलाल दुलाल, र सम्पुर्ण सदस्यहरु धर्मराज सिवाकोटी, राम प्र सापकोटा, लिला देवीबस्नेत राउत, रुद्र सेडाई, मैयाँ दाहाल भट्टराई, प्रेम लिङ्देन, हरि प्रसाद खरेल लगायत सम्पुर्ण २०४६-४७ ब्याचका एस एल सि दिने विधार्थीहरुको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको सुरुवातमा राष्ट्रगान गाई ज्ञात अज्ञात सहिद हरु र दिवंगत इष्टमित्रहरूको सम्झनामा एक मिनेटको मौन धारण गरि सुरुवात भएको उक्त कार्यक्रममा आय व्यय सार्वजनिक गरिएको थियो। कार्यक्रमको सहजिकरण सचिव निराजन दाहालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search