झापा भद्रपुर
। झापाको भद्रपुर मेची रङ्गशालामा संचालित १५ औ रास्ट्रपति रनिङ्शिल्ड प्रतियोगिताको जिल्ला छनौट कार्यक्रम आज समपन्न भएको छ । २३ गते शुक्रवार देखि सुरुभएको उक्त खेल ३ दिन सम्म निरन्तर भई आज २५ गते आईतबार समापन भएको हो ।उक्त १५ औ राष्ट्रपति रनिङ्शिल्ड्मा १५ वटा पालिकाका विधालयका प्रतियोगी खेलाडी र दुई सय अफिसियल हरुको उपस्थिति रहेको उक्त खेलको आज भव्यरुपले समापन भएको थियो । आज भएको उक्त फाईनल खेलमा हल्दीबारीले दुई वटा स्वर्ण पदक जित्न सफल भएको छ ।
४०० × ४ रिले दौडमा हल्दीबारिका प्रतियोगीहरुले अरु पालिका हरुको प्रतियोगीहरुलाई पछि पार्दै ट्रफी आफ्नो हात पार्न सफल भएको छ ।
उक्त रिले दौडमा जन जागृतिका अरुन राई र आयुश पराजुली , चिल्ड्रेन गार्डेन एकाडेमिका रोहित आलम र सुखदेव टुडु र हल्दीबारी माबिका विधार्थीहरु सहभागी रहेका थिए भने कबड्डी तर्फको खेलमा गौरादह लाई फाईनलमा हराउदै हल्दीबारीका प्रतियोगी हरुले पहिलो स्थान हासिल गरेका छन ।
समग्रमा हल्दीबारी गाउँपालिकाले जिल्ला छनौट प्रतियोगितामा २ स्वर्ण,४ रजत र ४ कास्य पदक जित्न सफल भएको हल्दीबारी वडा नं ४ का वडा अध्यक्ष एवंम खेल संयोजक सन्तकुमार थापाले जानकारी दिएका छन्।