विर्तामोड १० इलामेली टोल स्थित गुरागाईको घरबाट गएराती लाखौको चोरि

झापा – बिर्तामोड नगरपालिका १० स्थित इलामेली टोलमा गए राति अज्ञात समूहले एक घरमा चोरी गरी नगद सहित लाखौँ रुपैयाँ बराबरको सुनचादि चोरी गरेका छ्न ।

प्राप्त जानकारी अनुसार, स्थानीय अम्बिका प्रसाद गुरागाई को घरमा साझ ७:३० बजेको समयतिर चोरी भएको हो। चोरीमा नगद, ६५ हजार सहित साडे तीन तोला सुनका गरगहना र ३ तोला चादीको पाउजु र खुत्रुके समेत फुटाएर लुटिएको बताइएको छ।

घरधनीका अनुसार, साझ करिब ७:३० बजेको समयमा सदा झै खाना खाइ सकेपछि नियमितरुपमा व्यायामको लागि घरदेखि पैदल अलिपर सम्म हिड्न्न निस्किएको समयमा चोरी भएको हो । चोरहरू घरको अगाडि गृलको गेट फोडेर भित्र पसेका थिए।

घटनाबारे जानकारी पाएपछि बिर्तामोड १० सैनिक प्रहरी कार्यालयका टोली घटनास्थलमा पुगेका थिए । प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धान जारी रहेको बताईएको छ ।
प्रहरीले चाँडै नै चोरहरूको पहिचान गरी आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search