झापा चैत्र ३, हल्दीबारी गाउँपालिका भित्र रहेका पशुचौपायहरूको लागि हल्दीबारी गाउँपालिकाको आयोजना र संकल्प एग्रोभेट प्रालीको प्राविधिक सहयोगमा आज चैत्र ३ गते बाट पशुचौपायमा हुने बाझोपन निवारण शिविर सुरु भएको छ।
आजदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त शिविर पशुपालक किसानहरूलाई लक्षित गरी आयोजना गरिएको हो।
शिविरको पहिलो दिन हल्दीबारी गाउँपालिका वडा नं १ भित्र दर्जनौँ पशुपालक किसानहरूले आफ्नो गाई, भैंसी तथा अन्य चौपायाहरूको स्वास्थ्य परीक्षण गराई आवश्यक औषधिसमेत लिएका छन ।
संकल्प एग्रोभेट प्रालीका प्राविधिकहरूद्वारा पशुहरूको बाझोपन समस्या पहिचान गरी उपचार तथा परामर्श प्रदान गरिएको थियो ।
गाउँपालिकाका पशुपालकहरूले उक्त शिविरबाट राम्रो लाभ लिने विश्वास गरिएको छ। शिविरको माध्यमबाट आधुनिक प्रविधि तथा उचित पोषण व्यवस्थापन सम्बन्धी जानकारी समेत दिइने हल्दीबारी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष देवी ब थापाले जानकारी दिए ।
शिविर आगामी दुई दिनसम्म पालिकाका सबै वडामा सञ्चालन हुनेछ, जसमा किसानहरूले निःशुल्क रुपमा सेवा लिन सक्ने पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सानुमाया श्रेष्ठले जानकारी दिएकी छन्।