देशभरी स्ववियुको निर्वाचन हुदा, जागृती क्याम्पसले गर्यो ८ जना विधार्थी सम्मान ।

झापा हल्दीबारी चैत्र ५,  देशभरका विभिन्न क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भइरहेका बेला हल्दीबारी १ गोलधाप स्थित जागृति क्याम्पसले भने विशेष रूपमा ‘विधार्थी सम्मान कार्यक्रम’ आयोजना गरि समपन्न गरेको छ।

आज आयोजित कार्यक्रममा २०८१ सालमा सोही क्याम्पसमा अध्ययन गरेका विधार्थी छात्र छात्रा मध्ये ८ जना विधार्थी हरुले एकै पटक शिक्षक सेवा आयोग अन्तर्गतको परिक्षामा शैक्षिक कोटामा स्थाई नाम निकाल्न सफल भएकाले उक्त सम्मान कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख मणिराज दंगालले जानकारी दिए ।

जागृती क्यामपसको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि हल्दीबारी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष देबि बाहादुर थापाले आठै जना विधार्थी हरुलाई उनिहरुको लगनशीलताको कदर गर्दै दोसल्ला ओडाई विधार्थीहरूको प्रयास र उपलब्धिको प्रसंसा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए । उक्त क्याम्पस बाट लोकसेवा अन्तर्गतको परिक्षामा नाम निकाल्न सफल विधार्थी हरु, मनिका चौहान , लक्षुमा मोते , शोभा कार्की , मेनुका विष्ट, भिम ब. राजबंशि, अनिता कुवर र पुर्व विधार्थी झरेन्द्र सिगु र विष्णु पोखरेल रहेका छन ।

यसैबीच, झापाको अन्य क्याम्पसहरूमा स्ववियु निर्वाचन जारी रहेको छ। विभिन्न विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवारहरूमार्फत निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। तर, जागृति क्याम्पसले भने निर्वाचनभन्दा पर, आफ्ना विधार्थीहरूको योगदानलाई कदर गर्न यो विशेष कार्यक्रमको आयोजना गरेको हो ।

जागृती क्याम्पसका अध्यक्ष कपिलमणी चापागाईको अध्यक्षतामा आयोजित विधार्थी सम्मान कार्यक्रमको औपचारिक कार्यक्रम रास्ट्र्गान र क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष नरेन राई द्वारा स्वागत मन्तव्य राखी सुचारु भएको थियो ।

कार्यक्रममा क्याम्पसमा अध्यनरत पहिलो बर्षका विधार्थी, शिक्षक बर्ग , वडाका जनप्रतिनिधी , हल्दीबारी गाउँपालिकाका कार्यपालिका सदस्य , शिक्षाप्रेमी, क्याम्पसको जग्गा दाता, अन्य समाजसेवि व्यक्तित्व, क्याम्पस प्रशासन लगायत अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आज मङ्गलबार बिहान आयोजना भएको उक्त औपचारीक  कार्यक्रमको बिचमा क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष , नरेन राई , क्याम्पस प्रमुख मणिराज दंगाल, वडा अध्यक्ष देवी ब थापा, क्याम्पस अध्यक्ष  कपिलमणि चापागाई, प्राध्यापक गुणनिधि लुइँटेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

जागृती क्याम्पसको सभाहलमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण क्याम्पसकी प्राध्यापक बिमला लुइँटेल  ढकाल ले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search