बाह्रदशी, झापा –
बाह्रदशी गाउँपालिकामा कोशी प्रदेश सरकारबाट कृषिका लागि हस्तान्तरण भएको शसर्त कार्यक्रमअन्तर्गत बाह्रदशीका कृषक उपभोक्ता र बाह्रदशी गाउँपालिकाको पचास प्रतिशत साझेदारीमा २६ लाख बराबरको स्यालो ट्युबवेल तथा विधुतिय मोटर खरिद गरी वितरण सम्पन्न गरिएको छ।
बाह्रदशी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका कृषकहरूलाई ठेक्का व्यवस्थापन प्रक्रियाबाट खरिद गरिएका यी उपकरणहरू फाल्गुन २१ र २२ गरि दुई दिन सम्म लगाएर हस्तान्तरण गरिएको हो। यस कार्यक्रमले स्थानीय कृषकहरूलाई सिँचाइको थप सुविधा पुर्याउने लक्ष्य राखेको छ, जसले कृषि उत्पादनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ।
उक्त गाउँपालिकाका कृषि अधिकृत निशान विष्टका अनुसार, यस कार्यक्रमबाट कृषकहरूलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराइनेछ, जसले उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
स्थानीय कृषकहरूले पनि यो पहलप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूका अनुसार, यसले सिँचाइको समस्या समाधान गर्न मद्दत गर्नेछ र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने आशा गरेकाछन ।