हल्दीबारी गाउँपालिकाको गाउँ सभा , विभिन्न कार्यविधिहरूको विधयेकहरू अनुमोदन

हल्दीबारी गाउँपालिकाको गाउँ सभाको १८ औँ अधिवेशन आज सम्पन्न भएको छ।
गाउँ सभा अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको सभामा सम्पूर्ण गाउँ सभा सदस्यहरु (जनप्रतिनिधिहरु) र कर्मचारीहरूको उपस्थिति रहेको थियो।


सभाको आचारसंहिता बारे प्रमुख प्रशासकिय अधिकृत एवं सदस्य सचिव मानबहादुर वन महेन्द्र ले प्रष्ट पारेका थिए भने वडा ३का वडा अध्यक्ष विष्णु ओलीले शुभकामना राखेका थिए।

आजको सभामा विनियोजन ऐन २०८१ को पहिलो संसोधन उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले र विधयेकहरू र विविध निर्णयहरू गाउँपालिका प्रवक्ता एवं वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापाले पेश गरेका थिए।
सभाले उत्कृष्ट कृषक कार्यविधि , गाउँ/ नगर प्रहरी व्यवस्थापन तथा संचालन सम्बन्धी ऐन , शिक्षक सरूवा सम्बन्धी कार्यविधि, हाटबजार संचालन तथा व्यवस्थापन कार्यविधि तथा प्राविधिक तथा सिप विकास सम्बन्धी कार्यविधिहरुको विधयेक सर्वसम्मत अनुमोदन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search