सवारी दुर्घटनामा घाइते भएका बाह्रदशीका भट्टराईको मृत्यु ।

झापा । सवारी दुर्घटनामा घाइते भएका बाह्रदशीका भट्टराईको मृत्यु भएको छ । चैत २ गते राति अन्दाजी १२ः४५ बजेको समयमा सवारी दुर्घटनामा परि घाइते भएका बिका भट्टराईको गएराति उपचारका क्रममा झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको छ।

बाह्रदशी–६ नारायण चोक नजिकै उतर दक्षिण भित्री सडक खण्डमा चारपानेबाट बिहिबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटना हुँदा मोटरसाईकल चालक  भट्टराई गम्भीर घाइते भएका थिए । घाईते भट्टराईको उपचार बि एण्ड सि हस्पिटल बिर्तामोड स्थित उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search