हल्दीबारीमा असल छोराबुहारी सम्मान तथा ज्येष्ठ नागरिकलाई अभिमुखीकरण

झापा। सक्रिय ज्येष्ठ नागरिक कृषि सहकारी संस्था लि हल्दीबारी ले आज एक विशेष कार्यक्रम गरी अभिमुखीकरण तथा सम्मान गरेको छ ।

वृद्व बुवाआमालाई असल तरिकाले रेखदेख गर्ने ४ जोडी छोराबुहारीलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा भानुभक्त +निर्मला बराल,सुनिल + बविता मैनाली,अमृत ब + इन्द्रकुमारी गुरूङ र योगेश +अम्बिका सुवेदीलाई कदरपत्र र खादाले सम्मान गरिएको थियो।
ज्येष्ठ नागरिक जनचेतना अभिमुखीकरण तथा सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकका आवश्यकता उनीहरूको समस्या , नियम कानुन लगायतका विषयमा हल्दीबारी गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले सहजीकरण गरेका थिए भने उनीहरूले नेपाल सरकारबाट पाउने ज्येष्ठ नागरिक कार्डको आवश्यकता , पाउने सुविधा लगायतका विषयमा महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा ले प्रष्ट पारेकी थिइन्।
संस्थाका अध्यक्ष ओमकृष्ण सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन रहेका थिए भने उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापाको विशेष आतिथ्यता रहेको थियो।महेन्द्र मा वि का प्र अ पूर्णचन्द्र अधिकारी, जलथल प्रहरी चौकी इन्चार्ज लगायतको आतिथ्यता रहेको कार्रक्रममा स्वागत श्रिप्रसाद बाराकोटीले गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले ज्येष्ठ नागरिक भनेका जिवित देउता भएको र उनीहरूको रेखदेख गर्नु परिवारको जिम्मेवारी भएको भन्दै असल छोराबुहारी सम्मान गर्ने अत्यन्तै उत्कृष्ट कार्यक्रम रहेको र आगामी वर्षबाट वार्षिक कार्यक्रममै समेटेर लैजाने प्रतिबद्वत व्यक्त गरेका थिए।यसैगरी उपाध्यक्ष लक्ष्मी मैनालीले ज्येष्ठ नागरिकले सम्मानित जिवन बाँच्न पाउनुपर्छ भन्दै कुनैपनि बहानामा हेलाहोचो गर्न नहुने बताइन्।वडा अध्यक्ष थापाले समयको चक्रले सबै ज्येष्ठ हुने भन्दै वडाले ज्येष्ठ नागरिकलाई गर्न सक्ने सहयोग गर्ने बताए।

कार्यक्रमको अन्तयमा बोल्दै संस्थाका अध्यक्ष सिलवालले ज्येष्ठ नागरिकलाई समय व्यतित गर्न केही कार्यक्रम गाउँपालिकाबाट बाट गरिदिन आग्रह गरेका थिए।
कार्यक्रम संचालन संस्थाका सचिव अर्जुनप्रसाद गिरीले गरेका थिए।हल्दीबारी ३,४ र ५ नं वडाका ज्येष्ठ नागरिकहरू सहकारीमा आबद्व रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search