इलाम। इलामको सन्दकपुर गाउँपालिकाको मावु र सुलुवुङ का धेरैले एकैपटक राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्।
भष्ट्राचारको अन्त्य, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, हिन्दु राष्ट्र सहित राजसंस्था राप्रपाको मुख्य लक्ष्य रहेको छ।यहि विचारमा आस्था राख्दै मित्रलाल सापकोटा, धुर्व मिश्र, जिवन कुमार पाठक, खगेन्द्र निरौला,भिमप्रसाद निरौला, सुमिता निरौला, सावित्री निरौला, अमृतमान गुरूङ, इश्वर गुरूङ,ताराविर गुरूङ, मनबहादुर सिंजाली, रामबहादुर मगर, सन्तोष गुरुङ, कविराज गुरूङ, यामबहादुर गुरूङ, दिपेन्द्र मगर, यामबहादुर गुरूङ,कमल गुरूङ,विपन मगर,रेखा गुरूङ,हेमकला मगर,जिवन मगर, सिद्धि बहादुर गुरुङ्ग,जिवन सिंजाली मगर,खेम गुरुङ,भिम लिम्बु, भिमबहादुर मगर,सुरज गुरूङ, सुन्दर मगर,रेकमान गुरूङ र विनिता मगर लिम्बु सहित ३२ घरपरिवारका सम्पूर्ण सदस्यहरू नै पार्टी प्रवेश गरेका थिए।
राप्रपाको विचार र अभिव्यक्ति लाई मन पराएर पार्टी प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ।
कार्यक्रममा राप्रपा शिक्षा विभागका केन्द्रीय सदस्य लक्ष्मी गुरुङ, झापा क्षेत्र नं ३ प्रदेश ख का क्षेत्रिय सभापति एवम हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, हल्दिबारी वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा लगायतले नवप्रवेशीहरूलाई पार्टीको सदस्यता दिँदै खदाले सम्मान गरेका थिए।