झापा हल्दीबारी
। झापाको हल्दीबारी वडा न ४ जलथलमा अवस्थित कालिका सामुदायिक बन उपभोक्ता समुहको १७ औ वार्षिक साधारण सभा आज समपन्न भएको छ ।
कालिका उपभोक्ता सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष सागर पोर्तेलको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको प्रमुख अथिती हल्दीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन अथितीहरु हल्दीबारी गाउँपालिकाकि उपाध्यक्ष लक्ष्मी देवी मैनाली वडा न ४ का वडा अध्यक्ष सन्त कुमार थापा, डिभिजन बन रङ्गेडाडा कार्यालयको कार्यालय प्रमुख कुल प्रसाद भट्टराई, सामुदायिक बन उपभोक्ता महासंघ झापाका उपाध्यक्ष चन्द्र ब तामाङ , स्थानिय महासंघका अध्यक्ष चिरञ्जीवी पौडेल थिए ।
अध्यक्ष सागर पोर्तेलले बार्षिक कार्ययोजना, तथा वनमा देखिएका चुनौती र समाधानमा स्थानिय सरकार देखि सरोकारवालाको ध्यानाकर्षण गर्दै करिब ७६ लाखको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
समितीकि उपाध्यक्ष सर्मिला लामिछाने स्वागत तथा कार्यविधी माथी प्रकाश पारेको उक्त कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन माथी समितीकि कोषाध्यक्ष मनिता गौतमले प्रष्ट पारेकि थिइन ।