राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन हल्दीबारीको अधिवेशन सम्पन्न, दिपक लिङदेनको अध्यक्षतामा ५१ सदस्यिय समिति सर्वसम्मत

झापा।राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन हल्दीबारीको पालिका स्तरीय अधिवेशन भव्य रुपमा आज सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा दिपक लिङदेन, वरिष्ठ उपाध्यक्षमा अंकुश थापा, त्यसैगरी उपाध्यक्षमा युवराज तामाङ र अमित पोख्रेल, सचिव मा गोपाल तामाङ, कोषाध्यक्ष प्रकाश राई र सह-सचिव मा संजोक भूजेल सहित ५१ सदस्यिय कार्यसमिति निर्वाचित भएका छन्।

Advertisement

सुमन ठकुरीको अध्यक्षतामा कार्यक्रममा प्रमुख अतिथि राप्रपाका सहमहामन्त्री भरतेन्दुकुमार मल्लिक रहेका थिए भने जिल्ला सदस्य लक्ष्मी देवी मैनाली ,क्षेत्रीय अध्यक्ष तुलशा आचार्य क्षेत्रीय सचीव खिबराज भट्टराई ,प्रदेश ख अध्यक्ष रबिन्द्र प्रसाद लिङदेन,प्रदेश ख सदस्य देवी बहादुर थापा,हल्दिबारी अध्यक्ष एकराज मगरभद्रपुर नगर अध्यक्ष राज कुमार राई युवक क्षेत्रीय अध्यक्ष सन्त कुमार थापा,विद्यार्थी संगठन जिल्ला सचिब अनिल चौहान महिला संगठन हल्दिबारी अध्यक्ष शान्ता शिवाकोटी विद्यार्थी संगठन हल्दिबारी अध्यक्ष पंकज शाह,सचिब अन्जली बोहोरा लगायतको आतिथ्यता रहेको थियो।

अधिवेशन बाट अध्यक्ष निर्वाचित भएका दिपक लिङदेनले संगठनलाई मजबुत बनाएर लैजाने प्रतिबद्वता जनाएका थिए।
निर्वाचित समितिलाई आजै पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो।कार्यक्रम संचालन गाउँसमितिका सचिव योगेश कार्कीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search