झापा। हल्दीबारी गाउँपालिका वडा नं ४ मा संचालित ७ दिवसिय सेल्फ मेकअप तालिम आज सम्पन्न भएको छ।
महिला दिदिबहिनीहरूका लागि सिपमुलक तालिम अन्तर्गत यो तालिम गराइएको वडा अध्यक्ष सन्तकुमार थापाले बताए।
२० जना महिलाहरूको सहभागिता रहेको तालिममा ब्युटीसियन सुजता राई (मेरी) प्रशिक्षक रहेकी थिइन।
वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान ब वन रहेका थिए भने वडा सदस्यहरू भगिरथा दाहाल, शान्ता गहतराज, सुरेन्द्र बाराकोटी,स्वास्थ्य चौकी इन्चार्ज माधवप्रसाद यादव लगायतको उपस्थिति रहेको थियो।
शान्ता गहतराजले स्वागत गरेको कार्यक्रम वडा सचिव जयप्रसाद पोखरेलले संचालन गरेका थिए।
कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उत्कृष्ट प्रशिक्षार्थी श्रद्वा दाहाललाई पुरस्कृत गरिएको थियो।