झापा, चैत २७ । झापाको शिवसताक्षी नगरपालिका १० स्थित गुरुकुलमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् ।लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगी कमल नारायण आश्रम अनन्ता दर्शन संस्कृत बेद विद्यालयमा अध्ययनरत विद्यार्थीले झुन्डिएर आत्महत्या गरेका हुन् ।
आज बिहान सो गुरुकुलमा कक्षा ५ मा बोडर्स अध्ययनरत कन्काई वडा नम्बर ७ बस्ने बोधराज गौतमका छोरा अन्दाजी १३ वर्षका उत्सव गौतमले मन्दिरको तेस्रो तलाको फलामको ट्रसमा गम्छाको डोरीले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेले कानुनी प्रकृया पूरा गरी अनुसन्धान गरिरहेको जनाइएको छ