चिल्ड्रेन गार्डेन एकाडेमी गोलधाप द्वारा उत्कृष्ट बिधार्थी हरुलाई सम्मान

झापा हल्दीबारी ।

Advertisement

झापाको हल्दीबारी गाउँ पालिका वडा नं १ मा अवस्थित चिल्ड्रेन गार्डेन एकाडेमी का बिधार्थी हरुले गाउँपालिका द्वारा संचालित कक्षा आठको बि.एल.इ परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छ्न कुन बिधालयको लागि गर्वको विषय बनेको छ ।


बिधार्थी हरुकोलागी प्रेरणादायी सफलतालाई कदर गर्दै उक्त बिधालयले सम्पुर्ण बिधार्थि हरुलाई एक विशेष सम्मान कार्यक्रमको आयोजना गरि बिधार्थी हरुलाई प्रशंसा पत्र लगायत पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो ।


उक्त बिधालयका २ जना बिधार्थीहरुले पुर्ण ४ जि पि ए र २७ जना बिधार्थी हरुले A+ र अन्य बिधार्थी हरुले A ग्रेड ल्याई  उतिर्ण गरेका छन ।
उक्त बिद्यार्थी सम्मान कार्यक्रमको बिच बिद्यार्थी हरुलाई बधाई दिदै बिधालयका प्रीन्सिपल प्रभात खरेलले यो उपलब्धी केवल अंक मात्र सिमित नभई भविष्यको नया सम्भावनाको ढोका पनि हो ।

यस्तै मेहनत लगन र अनुशासनले तपाईहरु अझ अगाडि बढदै जानु भन्ने सल्लाह र शुभकामना ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search