राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया हल्दीबारीमा सम्पन्न

झापा। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा स्थानीय सरकारसंग जलवायु परिवर्तन निति सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज हल्दीबारी ४ ऐनावारीमा सम्पन्न भएको छ।मेचे महिला उत्थान संघकी केन्द्रिय अध्यक्ष  एवम् आदिवासी जनजाति महिला महासंघकी सचिव नुमा मेचेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने कार्यपालिका सदस्य आयुषा मेचे,मेचे समाज सिवियारी आफतका सदस्य सुनिल मेचे,संचारकर्मी देवीका अधिकारी लगायतको आतिथ्यता रहेको थियो।


कार्यक्रममा जलवायु परिवर्तन , यसका असरहरू लगायतका बारेमा प्रशिक्षक बिक्रम मेचेले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमलाई अन्तराष्ट्रिय आदिवासी जनजाति महासंघले आर्थिक सहयोग गरेको थियो । यो संस्थाले नेपालका पिछडिएका ९ वटा जनजनतिहरूलाई विभिन्न प्रकारका सिपमुलक तालिम उपलब्ध गराउदैँ आएको संस्थाकी कार्यक्रम संयोजक जुना राईले बताइन। राईका अनुसार झापाको हल्दीबारीमा लोपोन्मुख मेचे समुदायलाई लक्षित गरेर भिन्न भिन्न कार्यक्रम संचालन गरिदै आएको छ। आजको कार्यक्रममा महिला दिदीबहिनीहरूलाई आयआर्जन सँग जोडन बेसार खेती गर्न १५ जनाको समुहलाई ३० हजार परियोजनाको तर्फबाट प्रमुख अतिथिका हातबाट रूपा मेचेलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले पछिल्लो समय जलवायुपरिवर्तनले मानव संगै सबै जिवजन्तु ,वनस्पतिलाई असर गरिरहेको र यो बारेमा सबैले सचेत रहन पर्ने बताएका थिए।सनम राजवंशीले स्वागत गरेको कार्यक्रम मिना मेचेले संचालन गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search