वैदेशिक रोजगार बोर्ड मार्फत हुने आर्थिक सहायता सम्बन्धी अभिमुखीकरण सम्पन्न

झापा। बैदेशिक रोजगार बोर्ड मार्फत गरिने आर्थिक सहायता सम्बन्धी अभिमुखीकरण कार्यक्रम हल्दीबारी वडा नं ४ मा सम्पन्न भएको छ ।
हल्दीबारी गाउँपालिका शाखा मार्फत भएको कार्यक्रममा श्रमस्वीकृति गरेर गएका नागरिकले विदेशमा बिरामी हुँदा आफूले र आफ्ना परिवारका सदस्यले पाउने उपचार सुविधा लगायत कुनै कारण कोही वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा परिवारले पाउने राहत आदिको बारेमा प्रष्ट पारिएको थियो।हल्दीबारी गाउँपालिकामा वैदेशिक रोजगारीमा जानेलाई श्रमस्वीकृति रोजगार शाखा मार्फत नै गर्न सकिन्छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रविन्द्र लिङदेनले प्रत्येक नेपालीका घरबाट विदेश गएर श्रम गर्नुपर्ने बाध्यता रहेको र विदेशमा पनि ठगिने,दुख पाउने भएकाले सबै कुरा बुझेर मात्रै विदेश जान पर्ने बताए।
आफ्नै देशमा रोजगारीको वातावरण सिर्जना गर्ने तथा वैदेशिक रोजगारीमा गएर फर्किएर आएका नागरिकलाई स्वदेशमै बस्ने वातावरण बनाउन अत्यावश्यक रहेको धारणा राखेका थिए।

हल्दिबारी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रविन्द्र प्रसाद लिङदेन रहेका थिए।यसैगरी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान व बन महेन्द्र, योजना शाखा प्रमुख राजन न्यौपाने ,वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा ,कार्यपालिका सदस्यहरू भगिरथा दाहाल, शान्ता शिवाकोटी, आयुषा मेचेलगायत वैदेशिक रोजगारमा गएका घरका परिवारहरूको उल्लेखिय उपस्थिति रहेको थियो।
रोजगार शाखा प्रमुख सपना न्यौपानेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन भने कार्यक्रमको संचालन रोजगार सहायक मिलन बिश्वकर्माले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search