पुर्व बिद्यार्थी समूह द्वारा ७० हजार लागतको डिजिटल बोर्ड जन जागृती मावि लाई

झापा । हल्दीबारी गाउँपालिका वडा नं १ मा अवस्थित जन जागृती माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समूह ‘जन जागृती मावि २०५१/५२/५३/५४ विद्यार्थी समूह’को पहलमा डिजिटल होर्डिङ बोर्ड स्थापना गरिएको छ।

आज बिहिबार जन जागृती माबीको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा उक्त बोर्डको उद्घाटन विद्यालयका पूर्व प्राध्यापक हरि प्रसाद सङ्गग्रौला द्वारा गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, स्थानीय अभिभावक तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त डिजिटल होर्डिङ बोर्ड विद्यालयको सूचना प्रवाहलाई प्रभावकारी बनाउन र प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै पूर्व प्राध्यापक सङ्गौलाले डिजिटल युगसँग सुसम्बद्ध यस्ता पहलले विद्यालयको शैक्षिक छविमा सकारात्मक प्रभाव पार्ने बताएका थिए ।

पूर्व विद्यार्थी समूहका प्रतिनिधित्व गर्दै कम्क्ल कुवरले विद्यालयप्रति आफ्नो उत्तरदायित्व सम्झँदै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छ्न ।

विद्यालयका प्रधानाध्यापकले सहयोगी हातहरूलाई धन्यवाद दिंदै डिजिटल होर्डिङ बोर्डले सूचनाको पहुँच, पारदर्शिता र नवीनतामा विद्यालयलाई अघि बढाउने बताए।

यस कार्यले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने पुर्व बिधार्थी सदस्य बाह्रदशी ५ निवाशी कमल दाहालले बताएका छन । लगभग ७० हजार बराबरको लागतमा बनाईएको उक्त बोड बनाउन देश तथा विदेशामा रहनु भएका र सोही बिधालयमा अध्यन गर्ने पुर्ब बिध्यार्थिहरुले उल्लेखनिय सहयोग गरेको पनि दाहालले जानकारी दिनु भयो ।


उक्त औपचारिक कार्याक्रममा प्रमुख अतिथि बिशिस्ट अतिथि लगायतले आफ्नो सुभकामना मन्तब्त राखेका थिए भने, कार्यक्रमको सहजिकरण उक्त समुहका उपाध्यक्ष कमल कुवरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search