हल्दिबारीमा हावाहुण्डरीबाट घर भत्किँदा एकजनाको मृत्यु

झापा, जेठ १ । झापाको हल्दिवारीमा हावाहुण्डरीबाट घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।

गएराति अन्दाजी ११ः५० बजे आएको हावाहुण्डरीले हल्दिबारी गाउँपालिका वडा न.५ त्रिबेणी चोक बस्ने ६५ वर्षीय मानबहादुर मगरको आफ्नै घर भत्किएर मृत्यु भएको हो । टिनको छाना भएको टाँडेघरमा सुतिरहेकोमा हावाहुण्डरीले घर भत्काई घरको बिमले थिचिरहेको अवस्थामा स्थानीयले देखेर बाहिर निकाली हेर्दा उनको मृत्यु भइसकेको थियो ।

घटनाको खबर पाउनेबितिकै गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन सहित जनप्रतिनिधिहरू घटनास्थल पुगेका थिए।

राति १२.३० बजे अस्थाई प्रहरी चौकी कन्चनश्रीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट आज विहान टोली जान लागेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search