झापा। हल्दीबारी गाउँपालिका वडा नं ४ मा अवस्थित श्री पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्रमा भक्तीसुधा आश्रमको शिलान्यास गरिएको छ।
यो क्षेत्रकै प्रसिद्ध धार्मिकस्थल का रूपमा विकसित हुँदै गरेको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको यस क्षेत्रमा आउने तिर्थालुहरूको लागि बासस्थान साथै योग साधना केन्द्र बनाउने महान लक्ष्य सहित आश्रम बन्ने भएको हो।
झापा गाउँपालिका वडा नं ४ निवासी हाल अमेरिकामा बसोवास गर्नुहुने उदय र विष्णुमाया भारती बाट १ लाख १ हजार ५५ रूपैयाँ बाट सुरू भएको आश्रम निर्माण कार्यमा मैनाली समाजका केन्द्रीय उपाध्यक्ष मिनप्रकास मैनालीले
५ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन्।
आवश्यक परे फेरि पनि सहयोग गर्ने दाताहरूले वचनवद्वता पनि जनाएका छन।मैनालीकै हातबाट जेठ २ गते भवन शिलान्यास गरिएको थियो।भवन निर्माणमा देश विदेशबाट दाताहरू जोडिदै गएका छन्।
पाथीभरा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मैनाली समाजका केन्द्रीय उपाध्यक्ष मिनप्रकास मैनाली रहेका थिए भने हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं ४ का वडा सदस्यहरू सुरेन्द्र बाराकोटी,भगिरथा दाहाल, धार्मिक व्यक्तित्वहरू सोम सुवेदी, अर्जुन भट्टराई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,कृतन मण्डलीका प्रतिनिधिहरूको उपस्थितिमा भएको कार्यक्रममा स्वागत मुष्ठि बचत समुहकी अध्यक्ष पुण्यकुमारी लामिछानेले गरेकी थिइन्।
यो क्षेत्रमा आश्रमको आवश्यकता, महत्व। सहित कार्यक्रमको औचित्य माथि आचार्य पण्डित अर्जुन भट्टराईले प्रष्ट पारेको कार्यक्रम समितिका सचिव अनिल चौहानले गरेका थिए।