अपाङ्गता भएका व्यक्तिहरूको लागि माइन्युट लेखन तालिम हल्दीबारीमा सम्पन्न

झापा। हल्दीबारी गाउँपालिका क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको मिलिजुली समुहलाई बैठक संचालन तथा निर्णय लेखन सम्बन्धी १ दिवशिय कार्यक्रम आज सम्पन्न भएको छ।
हल्दीबारी अपाङ्गता स्वालम्बन संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वा को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने विशिष्ट अतिथीहरुमा हल्दीबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर,करूणा फाउन्डेसन कि अनुष्का के सी लगायतको आतिथ्यता रहेको थियो।
संस्थाकी उपाध्यक्ष हरीमाया मिश्रले स्वागत गरेको कार्यक्रममा वडा अध्यक्ष राजवंशी, थापा, प्रमुख प्रशासकिय अधिकृत वन, महिला बालबालिका शाखा प्रमुख थापा लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा संस्था कसरी संचालन गर्ने? बैठक कसरी बस्ने? निर्णयहरु कसरी लेख्ने लगायतका विषयमा प्रशिक्षक सन्तोष पण्डितले प्रशिक्षण प्रदान गरेका थिए।
औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले अपाङ्गता भएका व्यक्तिहरूको समान सहभागिताको सुनिश्चितता गर्न गाउँपालिका प्रतिबद्ध रहेको धारणा राखेका थिए। उनीहरूको क्षमता अभिवृद्धि गरी हरेक क्षेत्रमा सहभागी बन्न र नेतृत्व लिन पनि सबैलाई आग्रह गरेका थिए।
कार्यक्रम संचालन दिलकुमार राजवंशीले गरेका थिए।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search