एकल तथा अपाङ्गता भएका व्यक्तिहरूलाई हल्दीबारीमा बाटने धुप बनाउने तालिम

झापा। हल्दीबारी गाउँपालिका क्षेत्रभित्र रहेका एकल तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि ३ दिवसिय बाटने धुप बनाउने तालिम आज शुभारम्भ भएको छ।


उनीहरूको जिवनस्तर सुधार्न तथा आर्थिक रूपमा सबल बनाउन लक्षित वर्ग तोकेरै तालिम आयोजना गरिएको हो।
सामाजिक विकास समितिकी  संयोजक   शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन महेन्द्र, कार्यपालिका सदस्यहरू भगिरथा दाहाल, सुष्मा महरा,रूपा रसाइली, योजना शाखा प्रमुख राजन न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
तालिममा ५ वटै वडाका गरेर २५ जनाको सहभागीता रहेको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सिकेको सीपलाई व्यवसायसँग जोडेर अघि बढ्न सुझाव दिएका थिए। यसैगरी प्रमुख प्रशासकिय अधिकृत वनले आफुहरुलाई एकल वा अशक्त नसम्झिई अरु जतिकै काम गर्न सक्ने आत्मविश्वासका साथ सिक्न अनुरोध गरेका थिए।
यस्तै सामाजिक विकास समितिकी संयोजक शिवाकोटीले पहिलो पटक यसरी तालिम आयोजना गरिएको र अर्को पटक यहाँहरुकै मागका आधारमा कार्यक्रम तय गरिने भनेर वचनबद्धता प्रकट गरेकी थिइन्।

तालिममा भगवती नेपाल र लक्ष्मी कोइरालाले प्रशिक्षण दिइरहेका छन्।
राजन न्यौपानेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने संचालन महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर ले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search