हल्दीबारीमा दलित वर्गका महिलाहरूलाई साबुन, सरफ बनाउने तालिम सुरू

झापा ।हल्दीबारी गाउँपालिकाका सबै वडामा रहेका दलित समुदायका महिलाहरूका लागि ३ दिवसिय साबुन ,सरफ फिनेल तथा हार्पिक बनाउने तालिम आज शुभारम्भ भएको छ।


उनिहरूको जिवनस्तर सुधार्न तथा आर्थिक रूपमा सबल बनाउन लक्षित बर्ग तोकेरै तालिम आयोजना गरिएको हो।
गाँउपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली को अध्यक्षतामा भएको कार्यक्रममा पालिका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन महेन्द्र,वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी,४ का वडा अध्यक्ष सन्तकुमार थापा, ५ का वडा अध्यक्ष खडग लावती,योजना शाखा प्रमुख राजन न्यौपाने ,कार्यपालिका सदस्यहरू सुष्मा महरा, शान्ता शिवाकोटी, रूपा रसाइली, ५ नं वडा सदस्य शिवमाया मगर, ३ नं कि वडा सदस्य सर्मिला विश्वकर्मा, २ नं कि वडा सदस्य अम्बिका तोलाङ्गी , वडा   नं ४ कि वडा सदस्य शान्ता गहतराज  , वडा नं ५ का वडा सचिव भजन संग्रौला,लगायत कर्मचारी, संचारकर्मीहरू र सहभागीहरूको उपस्थिति रहेको थियो।

तालिममा ५वटै वडाका गरेर ३० जनाको सहभागीता रहेको छ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत वनले अफूहरूलाई दलित पछाडि परेको भने नसम्झी अरू जतिकै काम गर्न सक्ने आत्माविश्वास का साथ सिक्न र व्यवसायीक बन्न शुभकामना दिएका थिए।
यस्तै वडा नं ५ का वडा अध्यक्ष लावतीले पहिलोपटक यसरी तालिम आयोजना गरिएको दिदीबहिनीहरूको सहभागिता देखेर खुसी लागेको बताए।
कार्यक्रम कि सभाध्यक्ष पालिकाकी उपाध्यक्ष मैनालीले सिप सिकेर मात्रै नहुने भन्दै दैनिक प्रयोग हुने र सजिलै बजारीकरण गर्न सकिने साबुन सरफ उत्पादन र बजारीकरणमा जोड दिन पर्ने धारणा राखेकी थिइन।
२ नं कि वडा सदस्य तोलाङ्गीले समुह बनाएर नै उत्पादनलाई उधोग सँग जोडन पर्ने बताएकी थिइन।
सुष्मा महराले स्वागत गरेको कार्यक्रम
संचालन महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले गरेकी थिइन् ।तालिममा सीता बानियाले प्रशिक्षण दिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search