झापा। दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि बिर्तामोडको न्यू स्टार फुटबल क्लबले हात पारेको छ ।
शान्ति सामुदायिक वनको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा भाउन्ने युथ क्लब मोरङलाई पेनाल्टि सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै न्यू स्टारले उपाधि चुमेको हो ।



खेलको निर्धारित समयमा दुइ दुइको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।भाउन्नेका लागि दुबै गोल उमेश राईले गरेका थिए भने न्यू स्टारका लागि सौरब सुब्बा र करन लिम्बुले एक एक गोल गरे ।
उपाधिसंगै नुयू स्टारले १ लाख १ हजार १११ सहित ट्रफि प्राप्त गर्यो भने उपविजेता भाउन्नेले ५१ हजार सहित ट्रफिमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच न्यू स्टारका पेमा तामाङ घोषित हुँदै नगद दुइ हजार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी न्यू स्टारका निमा तामाङ घोषित भए । उनले पॉच हजार सहित ट्रफि प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोल रक्षकमा न्यू स्टारका बिबेक मगर,वेष्ट डिफेन्नडरमा न्यू स्टारका देबेन्द्र तामाङ,वेष्ट मिड फिलडरमा न्यू स्टारकै बादल तामाङ,वेष्ट फर्वाड भाउन्नेका आयुस राई ,हाइ स्कोरर भाउन्नेका उमेश राई रवेष्ट कोचमा न्यू स्टारका अन्गु सुब्बा घोषित भए । प्रत्येक उत्कृष्टले नगद पॉच पॉच हजार प्राप्त गरे ।
जलथल फुटबल क्लबले जेठ १७ गते देखि आयोजना गरेको प्रतियोगिता जेठ २४ गते शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि पूर्वउपप्रधान,जफस्रोत तथा उर्जामन्त्री राजेन्द्र प्रसाद लिङदेन रहेका थिए भने हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, बउपाध्यक्ष लक्ष्मीदेवी मैनाली,प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्र, बिर्तावाड नगरपालिका उपमेयर नगेन्द्र संग्रौला लगायतको आतिथ्यता रहेको थियो।

जलथल फुटबल क्लबका अध्यक्ष जयबहादुर राईले शान्ति समुहको खेलमैदान स्तरोन्नतीका लागि पालिकालाई माग गरेका थिए भने प्रमुख अतिथि लिङदेनले स्थानिय सरकारले आगामी बजेटमा त्यसलाई समेटन पर्ने भन्दै आगामी बजेट मै राख्न सुझाव दिएका थिए।
शुभकामना मन्तव्य राख्दै पालिका अध्यक्ष रविन्द्र लिङदेनले खेलमैदान व्यवस्थापन का लागि बजेट विनियोजन गर्ने प्रतिबद्वता जनाएका थिए।








