हल्दिबारीमा प्याब्सन झापाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको आयोजनामा र प्याब्सन हल्दिबारीको समन्वयमा एकदिने अन्तरक्रिया कार्यक्रम हल्दिबारीमा सम्पन्न भएको छ। कार्यक्रम उद्देश्यपरक, जानकारीमूलक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्।

Advertisement

कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष श्री रवीन्द्र प्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), शिक्षा प्रमुख जनककुमारी राई, शिक्षा सहजकर्ता दुर्गाप्रसाद अधिकारी, प्याब्सन झापा अध्यक्ष छत्रबहादुर कार्की, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, सचिव लक्ष्मीप्रसाद उप्रेती, सह-कोषाध्यक्ष नारायण सुबेदी, प्याब्सन हल्दिबारी अध्यक्ष याम दङ्गाल, प्रमुख सल्लाहकार पुष्प खरेल, जिल्ला सदस्य नितेश खरेलसहित प्याब्सन हल्दिबारी अन्तर्गतका संस्थापक प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्याब्सन झापाको तर्फबाट हल्दिबारी गाउँपालिकालाई एक औपचारिक ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो, जसमा संस्थागत विद्यालयहरूले भोगिरहेका समस्या, चुनौतीहरू र समाधानका लागि सुझावहरू समेटिएका थिए। सो ज्ञापनपत्र प्याब्सन झापा अध्यक्ष श्री कार्कीले गाउँपालिका अध्यक्ष लिङ्देनलाई हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्र बुझेपछि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले समस्याहरू समाधानतर्फ सकारात्मक प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमले स्थानीय सरकार र संस्थागत विद्यालयहरूबीच संवाद, सहकार्य र समाधानतर्फको मार्ग प्रशस्त गरेको आयोजकको निष्कर्ष छ। साथै, यसले नीति निर्माणमा सहभागिता र शिक्षा क्षेत्रको सुधारतर्फको प्रयासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

प्याब्सन झापा शिक्षाको गुणस्तरीय उन्नयन, नीतिगत स्थायित्व तथा संस्थागत विद्यालयहरूको हितका लागि सदैव प्रतिबद्ध रहेको पुनः दोहोर्‍याइएको छ। “संवाद र सहकार्यमै छ समाधानको मूल मन्त्र” भन्ने नारासहित सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव श्री लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search