हल्दीबारी गाउँपालिकाद्वारा २६ सय आँप लिचीका बिरूवा निशुल्क वितरण

झापा। हल्दीबारी गाउँपालिकाले स्थानीय जनताहरूलाई आँप र लिचीका बिरुवा निःशुल्क बितरण गर्न थालेको छ। पालिकाको कृषि शाखा अन्तरगत यस चालु आर्थिक बर्षमा दुई हजार ६ सय आँप र लिचीका बिरुवा बितरण शुरु गरेको हो ।

हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), योजना शाखा प्रमुख राजन न्यौपाने, कृषि शाखा प्रमुख छविलाल गुरुङलगायतले आज (मंगलबार) पालिकामा बिरुवा वितरण गरेका थिए ।

पालिकाका सवै घरधुरीलाई वितरण गर्न विरुवा नपुग्ने भएकाले पाँच वटै वडाले छनौट गरेर पठाएको सिफारिसका आधारमा एक हजार आँप र एक हजार लिचीका विरुवा बितरण गरिने कृषि शाखा प्रमुख छबिलाल गुरुङले बताए । उनका अनुसार ६ सय विरुवा पालिकाले नै बितरण गर्नेछ ।

चालु आर्थिक बर्ष २०८१÷०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार कृषि अनुदान अन्तरगत किसानलाई बर्षे फलफूल आँप र लिचीको विरुवा वितरण गर्न लागिएको हो । एक घर एक बिरुवा हुने गरी बितरण गरिने भएपनि पालिकाका सवैलाई विरुवा नपुग्ने भएकाले वडाले छनौट गरेर सिफारिस भएका कृषकलाई मात्र विरुवा वितरण गरिनेछ ।

हल्दीवारी १ का लागि २२५ आँप र २२५ लिचि, हल्दीबारी–२ का लागि २२५ आँप र २२५ लिची, हल्दीबारी–३ का लागि १८५ आँप र १८५ लिचि, हल्दीबारी–४ का लागि १९० आँप र १९० लिचि र हल्दीबारी–५ का लागि १७५ आँप र १७५ लिचिका बिरुवा छुट्याइएको कृषि शाखा प्रमुख गुरुङले बताएका छन् । विरुवाहरु पालिकामा आइसकेकाले छिटो भन्दा छिटो सिफारिस गर्न वडाहरुलाई आग्रह समेत गरिएको छ ।

पालिकाले २ लाख ५० हजार रुपैयाँ बराबरको ढुवानी, लोड अनलोडिङसहित आँप र लिची खरिद गरेर किसानहरुलाई वितरण गर्न लागेको कृषि शाखा प्रमुख गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search