झापा।हल्दीबारी गाउँपालिका वडा नं ४ मा संचालन भएको मेचे समुदायको मौलिक पोशाक आरोनाई बनाउने तालिम सम्पन्न भएको छ।
कोशी प्रदेश सरकार र हल्दीबारी गाउँपालिकाको सहयोगमा संचालन भएको तालिम ४० दिन सम्म चलेको थियो।
विशेषगरी मेचे जातिले प्रयोग गर्ने आरोाई बनाउन २० जना दिदीबहिनीहरू सहभागी भएका थिए।
परम्परागत सामानको प्रवद्वन तथा महिलाहरूलाई आयआर्जनमा जोडन तालिम आयोजना गरिएको मेचे शिवियारी आफातका पूर्व केन्द्रिय अध्यक्ष रंजित मेचेले बताए।
विभिन्न रंगका धागोहरूको प्रयोगबाट तयार गरिएका आरोनाई (सल)सबैले प्रयोग गर्ने हुदाँ सजिलै बिक्री हुने कार्यवहाक हल्दीबारी गाउँपालिका कार्यपालिका सदस्य आयुशा मेचेले बताइन।
मेचे युवा क्लबका अध्यक्ष सुरेश मेचेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्र रहेका थिए भने हल्दीबारी गाउँपालिका कार्यपालिका सदस्य भगिरथा दाहाल, आयुशा मेचे, मेचे शिवियारी आफातका पूर्व केन्द्रिय अध्यक्ष रंजित मेचे,चौकीविरान वन उपभोक्ता समुहका सचिव सन्तलाल मेचे,समाजसेवी विशुलाल मेचे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वनले पहिचान र संस्कार सँग जोडिएको यो सिपमुलक तालिमबाट महिला दिदीबहिनीहरूले उत्पादन गरेको सामान पालिकाका कार्यक्रमहरूमा प्रयोग गर्ने गरी खरिद गर्न सक्ने भन्दै उत्पादनमा जोड दिन र व्यवसायीक बन्न आग्रह गरेका थिए। ठूलो संख्यामा बसोबास गर्ने मेचे समुदायका मौलिक पोशाक भारतबाट आयात गर्नुपर्ने बाध्यता हटाउन सके यहिँ रोजगार सिर्जना हुने निश्चित छ भन्दै सिकेको सिपलाई व्यवहारमा उतार्न पर्ने बताए।
यसैगरी चौकीविरान वन उपभोक्ता समुहका सचिव सन्तलाल मेचेले सिपमुलक कार्यक्रम संचालन गर्न वन समुहले पनि सहयोग गर्ने प्रतिबद्वता जनाए। सहभागीका तर्फबाट गिता मेचेले तालिम उपलब्धिमुलक भएको धारणा राखेकी थिइन।
कार्यक्रम संचालन मेचे युवा क्लबकी सचिव दिपा मेचे र अनुसा मेचेले गरेका थिए।
असल अभ्यास मूल्याङ्कनमा हल्दीबारी गाउँपालिका झापा प्रथम
January 1, 2026
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
December 31, 2025
हल्दीबारी वडा नं २ द्वारा १६ लाख २६ हजार बराबरको कृषि सामाग्री वितरण
December 31, 2025
झापाबाट राप्रपाका लागि को को भए उम्मेद्वार सिफारिस ?
December 30, 2025