इलाम।राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक कार्यक्रम बीच इलामका नेता तथा कार्यकर्ता भेटघाट गरेका छन्।
भेटघाटका क्रममा लिङदेनले पार्टीको संगठन विस्तारमा लाग्न सबैलाई निर्देशन दिएका थिए।
आज इलाम पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीको गतिविधि, आगामी योजनाका बारेमा जानकारी गराएका थिए भने जेठमा भएको आन्दोलनको समिक्षा समेत गरिएको थियो।
कार्यक्रममा राप्रपाका प्रदेश कमिटी सदस्य टिकाराम चौहानलाई सम्मान गरिएको थियो। २०८२ जेठ १५ को राजतन्त्र फर्काउने आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै चौहानलाई अध्यक्ष लिङ्देनले सम्मान गरेका हुन् । काठमाण्डौंमा आन्दोलनका क्रममा चौहान घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
राप्रपा इलामका अध्यक्ष राजेन्द्र चौहानको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुर्य रिजालले संचालन गरेका थिए।