बालमैत्री वडा बनाउन हल्दीबारी ४ का बजारमा अनुगमन , ‘बालश्रममुक्त मेरो व्यवसाय ‘ स्टिकर टासियो

झापा। हल्दीबारी गाउँपालिका वडा नं ४ ले वडालाई बालमैत्री वडा बनाउने लक्ष्य अनुसार आज बडाबारी र मंगलबारे बजार क्षेत्रका पसलहरूमा ‘बालश्रममुक्त मेरो व्यवसाय ‘ भन्ने स्टिकर टास्ने काम गरेको छ ।

विशेष गरेर पसल, होटल र ग्यारेजहरूमा बाल श्रमिक भेटिने गरेका छन् त्यस्ता ठाउँहरूलाई बालश्रम शोषण मुक्त क्षेत्र बनाउन व्यवसायीहरूलाई बजारमा जम्मा गरेर बुझाइएको थियो भने वडाको यो कृयाकलापमा सबै व्यवसायीहरूले ऐक्यबद्वता जनाएका थिए।
पहिलो दिन आज ३५ वटा पसलमा स्टिकर टासिएको थियो भने बाकी चोक बजारमा पनि यो अभियान गरिने वडा अध्यक्ष सन्तकुमार थापाले बताए।
कार्यक्रममा वडा अध्यक्ष थापा, पालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्र, वडा सदस्यहरू सुरेन्द्र बाराकोटी , शान्ता गहतराज, योजना शाखा प्रमुख राजन न्यौपाने, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा , वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेल,  बालमैत्री अभियान्ता एवंम प्रशिक्षक सुमन ढकाल, जलथल स्वास्थ्य चौकी इन्चार्ज माधवप्रसाद यादव, महेन्द्र मा वि का प्र अ पूर्णचन्द्र अधिकारी, दिपेन्द्र आ वि का प्र अ अर्जुन भट्टराई, कृष्णसागर अंग्रजी विधालयका संचालक योगेश कार्की, प्रहरी चौकी जलथलका इन्चार्ज कृष्णप्रसाद दुलाल सहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
बाल अधिकार सुरक्षित गर्दै उनीहरूको समान सहभागिता हरेक क्षेत्रमा सुनिश्चित गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक देखिन्छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search