हल्दीबारीका चिया बगानहरूमा टि लुपर किराको प्रकोप, गाउँपालिकाद्वारा स्थलगत अनुगमन

झापा।हल्दीबारी गाउँपालिका क्षेत्रभित्रका चिया बगानहरूमा टि लुपर नामक किराको कारण प्रकोप फैलिएर हरियोपत्ती नष्ट तथा चियाका बोटहरू पहेलो, कालो हुने समस्या भएपछि चियाकृषकहरु मारमा परेका छन्।

कृषकहरूको समस्या बुझ्न हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्र, कृषि ज्ञान केन्द्र झापा र हल्दीबारी गाउँपालिकाका कृषि प्राविधिक सहित चिया बगानहरूको स्थलगत अनुगमन गरिएको छ ।
वैशाखबाट चियामा यो किराको संक्रमण सुरू भएको र हाल यसले महामारी प्रकोपको रूप लिएको चिया उधमी कृष्ण प्रसाईले बताए।
हरियो पत्ति टिप्ने मुख्य समयमा प्रकोप फैलिएपछि लाखौँ रूपैयाँ घाटा लागेको चिया कृषक नविन मैनालीले बताए।
हरियो पात सबै छिद्रा पारेकोले वैशाख यता टिप्न नसकिएको कारण यसले चिया श्रमिकलाई पनि प्रत्यक्ष असर पुर्याएको छ।
किरा नियन्त्रणका लागि विभिन्न विशादी प्रयोग गरिएपनि यसको समाधान नभएको कृषक तथा उधमीले बताए।
हल्दीबारीमा १५ सय बिगाहा भन्दा बढी क्षेत्रफलमा चिया खेती गरिएको छ भने धेरै संख्यामा चिया उधोगहरू पनि संचालनमा रहेका छन्।
चियाको बोट सँगै बगानका अन्य रूखहरूमा लुपर बस्ने र एकैपटक धेरै अण्डा उत्पादन गर्ने भएका कारण नियन्त्रण गर्न कठिनाई भएको कृषकहरूले जनाए।
अनुगमन पश्चात भएको छलफलमा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले अग्लो बिरूवामा रहने किरा नियन्त्रणका लागि गाउँपालिकाले तत्काल पावर स्प्रे ट्याङकी उपलब्ध गराउने बताए।यसैगरी उनले प्रकोप नियन्त्रणका लागि साउन ४ गते कोशी प्रदेश कृषि मन्त्रालयका कृषि प्राविधिक र कृषि ज्ञान केन्द्र झापाका प्राविधिक सहित सबै चिया कृषक र उधमीहरू सँग अन्तर्किया सहित दिर्घकालिन समाधान खोजिने प्रतिबद्वता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search