हल्दीबारीमा भएको आगलागीमा घाइते २ जनाको अवस्था गम्भिर, थप उपचारका लागि काठमाडौं लगियो

झापा। घरमा ग्रहजाप पुजा लगाउने र त्यसकै तयारीका लागि आवश्यक खाधान्न पकाउने सुरसारका क्रममा भट्टीचुलोबाट ग्यास लिक भई अचानक आगो सल्किँदा झापाको हल्दिबारीमा भएको आगलागीबाट घाइते भएकामध्ये दुईजनाको अबस्था गंभीर बनेको छ ।

आज बिहान ८ः४० बजे हल्दिबारी–४ स्थित ओली चोकका ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा ग्यासबाट अचानक आगो सल्किएको थियो । आगलागीमा परी घरधनी ओली, उनकी श्रिमती गंगा ओली, छोरा बुहारी ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया अनिता ओली र २० वर्षीय भतिज आर्यन ओली घाइते भएका हुन् । उनीहरुको शरीरको विभिन्न भागमा आगोले जलेर घाइते भएका हुन् । ती चारजनामध्ये घरधनी ओली र उनका भतिजको अबस्था गंभीर बनेको हो । दुवैजनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ । हेलिकप्टरको व्यवस्थापन झापा क्षेत्र नं ३ का सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गरिदिएको जनाइएको छ ।

ओलीको घरको दोस्रो तलाको भान्सा कोठामा ग्यास लिक भएर आगलागी भएको थियो । सोही आगो निभाउने क्रममा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उद्धार गरेर ओमसाई पाथीभरा अस्पताल पठाइएको थियो त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर स्थित नोबेल अस्पताल लगिएको थियो त्यहाँ पनि उपचार सम्भव नभएपछि २ जनालाई काठमाडौं लगिएको हो । आगलागीबाट घरको भान्सा कोठा आंशिक रुपमा क्षति भएको छ । अस्थाई प्रहरी पोष्ट कञ्चनश्रीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान ९ः१५ बजे आगो नियन्त्रणमा लिइएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search