हल्दीबारी आधारभूत अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा सुरू

झापा ।हल्दीबारी आधारभूत अस्पतालमा आज साउन ११ गतेबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा सुरू भएको छ ।
अव बाट हप्ताको ३ दिन ( आइतबार, मंगलबार र विहिवार ) विशेषज्ञ सेवा उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए।

Advertisement

विभिन्न सेवाहरू विस्तार गर्दै आएको अस्पतलले बिरामीको चापलाई मध्यनजर गरेर महिला रोग विशेषज्ञ सेवा सुरू गरेको हो । पालिकाको हाता भित्र रहेको अस्पतालमा गर्भवती जाँच सेवा,प्रसुती सेवा,सुत्केरी जाँच तथा परामर्श सेवा,
पाठेघर सम्बन्धी समस्या तथा पाठेघरको मुखको क्यान्सर जाँच,सरुवा यौनरोग,प्रजनन सम्बन्धी समस्या,भिडियो एक्स रे सेवा ,प्रयोगशाला तथा थाईराईड, भिटामिन डि, बि१२ लगायत बिशेष जाँच सुविधा रहेकाले स्थानियलाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनका अनुसार साधन र स्रोतले भ्याए सम्म सेवा विस्तार गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिइने छ।

अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु रहेको छ भने २४ सै घण्टा  स्वास्थ्य तथा एम्बुलेन्स सेवा उपलब्ध रहेको छ ।

Screenshot
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search