झापा। श्री पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समुह हल्दीबारी ४ ले महेन्द्र माध्यमिक विधालय हल्दीबारी ४ का विधार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले वन समुहको यो कार्य अति महत्वपूर्ण रहेको भन्दै धन्यवाद दिएका थिए। यसैगरी शैक्षिक क्षेत्र सुधारका लागि वन समुह र वडाले साझेदारीमा अन्य कार्यक्रम गर्ने प्रतिबद्वता जनाएका थिए।
यसैगरी वन समुहका अध्यक्ष पोर्तेलले सामाजिक उत्तरदायित्व वहन गर्दै विधालयका विधार्थीहरूलाई शैक्षिक र खेलकुद सामाग्री हस्तान्तरण गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए। समुहले यसअघि पनि विधार्थीहरूका लागि विधालय पोशाक, झोला हस्तान्तरण गरेको थियो । उपाध्यक्ष सर्मिला लामिछानेले स्वागत गरेको कार्यक्रम संचालन सचिव सालिकराम पराजुलीले गरेका थिए।