झापा।हल्दीबारी गाउँपालिका वडा नं ४ ले वडालाई बालमैत्री वडा बनाउन तयारी अन्तिम चरणमा पुगेको छ।
वडामा आज आयोजित कार्यक्रममा हाल सम्मको प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो ।बालमैत्रीका लागि आवश्यक ५१ मध्ये वडाले ४५ सुचकहरू पुरा गरिसकेको बालमैत्री सहजकर्ता सुमन ढकालले बताए।
कार्यक्रममा वडाले हाल सम्म गरेका सम्पूर्ण गतिविधिहरूलाई सरोकारवालाहरू समक्ष प्रस्तुत गरिएको थियो।वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा सदस्यहरू भगिरथा दाहाल,सुरेन्द्र बाराकोटी , शान्ता गहतराज,योजना शाखा प्रमुख राजन न्यौपाने, बालबालिका शाखा प्रमुख तृष्णा थापा ,स्वास्थ्य चौकी जलथलका प्रमुख माधवप्रसाद यादव सहित बालक्लबका पदाधिकारीहरू, संचारकर्मीहरू विभिन्न विधालयका शिक्षक शिक्षिका ,विधार्थीहरू,सुरक्षाकर्मी,आमा समुह र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले वडालाई बालमैत्री बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए। वडा सदस्य भगिरथा दाहालले स्वागत गरेको कार्यक्रम जयप्रसाद पोखरेलले संचालन गरेका थिए।