झापामा मनाइयो सामुदायिक वन दिवश, उत्कृष्ट वन समुहहरू पुरस्कृत

झापा।समयमै कार्ययोजना नविकरण गरौँ,सामुदायिक वनलाइ गतिशिल बनाऔँ ‘भन्ने नाराका साथ डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल झापाको संयुक्त आयोजनामा सामुदायिक वन दिवस २०८२ विविध कार्यक्रम गरी हरियाली सामुदायिक वन उपभोक्ता समुह बिर्तामोडमा मनाइएको छ।


कार्यक्रममा गत आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट भएका सामुदायिक वन उपभोक्ता समूहहरूलाइ पुरस्कार वितरण गरिएको थियो।श्री प्रगति सामुदायिक वन उपभोक्ता समूह, मेचीनगर /अर्जुनधारा न.पा. प्रथम ,
श्री जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह, अर्जुनधारा न.पा. द्वितिय ,श्री दशरथपुर सामुदायिक वन उपभोक्ता समूह, भद्रपुर र श्री नमुना सामुदायिक वन उपभोक्ता समूह अर्जुनधारा न.पा. लाई संयुक्त रूपमा त्रृतिय पुरस्कार वितरण गरिएको थियो।प्रथम हुने समुहले नगद ७ हजार, दोस्रो हुने समुहले नगद ५ हजार र तेस्रो हुने समुहहरूले नगद ३ हजार सहित कदरपत्र प्राप्त गरेका थिए।
यसैगरी कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समुहमा बृक्षारोपण समेत गरिएको थियो।
डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघिय महासंघका केन्द्रिय सदस्य रोहिणी गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला महासंघ अध्यक्ष बेदप्रकाश भण्डारी,कोशी प्रदेश कोषाध्यक्ष गिता भण्डारी, जलथल सब डिभिजन प्रमुख के पी भट्टराई, मेचीनगर सब डिभिजन प्रमुख सुरज निरौला, महेन्द्र पौडेल,रूकमिला भण्डारी, घनश्याम खनाल ,जगत बहादुर राई लगायतको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा वनका कर्मचारीहरू, जिल्ला महासंघ,स्थानिय महासंघहरू र सामुदायिक वनका पदाधिकारी लगायत उपभोक्ताहरूको उपस्थिति रहेको थियो। बेदप्रकाश भण्डारीले स्वागत गरेको कार्यक्रम संचालन वन अधिकृत अमृत चेम्जोङले संचालन गरेका थिए।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search