झापा।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा झापा क्षेत्रीय समिती २ ‘क’ को अध्यक्षमा यज्ञनिधि भुर्तेल निर्वाचीत भएका छन् । मंगलबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजीत कार्यक्रमका बीच निर्बाचन समितीका संयोजक टंक कट्वालले बिद्यान बमोजीम निर्वाचित समितीको घोषणा गरेका थिए।
समितीका अन्य सदस्यहरुमा कुमार भट्टराई, संगिता रौनियार, ध्रुव शिवाकोटी, शारदा रिजाल, बेद प्रसाद अग्रवाल, दुर्गा देबी कडरीया, ध्रुब कुमार उपे्रती, गंगा दुलाल, कुमार थापा, मान प्रसाद लिङदेन, कुशुम लुईटेल राई, सृजना कडरिया महत्तो, सुरज दर्नाल, सुमित्रा गजमेर, पशुपती पोखरेल, शिखा खड्का गणेश र महानन्द सिटौला निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्ष यज्ञनिधि भुर्तेललाई निवर्तमान अध्यक्ष शंकर रिजालले पद हस्तान्तरण गरेका थिए।
राप्रपा कोशी प्रदेश समितीका सचिव कुमार भट्टराईको प्रमुख आथित्यतामा आयोजीत घोषणा कार्यक्रममा जिल्ला अध्यक्ष केशव ओझा, महिला नेतृ संगिता रौनियार, धार्मिक विभाग कोशी प्रदेशका प्रमुख ध्रुव शिवाकोटी, राप्रपा विर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतम, निवर्तमान विर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए।
सोही अबसरमा राप्रपा झापा २ ख को निर्वाचन तालिका समेत सार्वजनिक गरीएको छ ।
कार्यक्रमा पार्टीमा नव प्रवेशी बिर्तामोड १० निवासी शिक्षण पेसा र मुद्रण व्यवसायमा आबद्ध रोशन खरेल र अशोक चुडाललाई पार्टीको सदस्यता प्रदान गरीएको थियो।