झापा।आफ्नी आमा जानुका पौडेलको ७१ औँ जन्मदिनमा पूर्व विधार्थी समाज हल्दीबारी ४ महेन्द्र मा वि का सदस्य अजीत र जुनिता पौडेलले ३० जना विपन्न विद्यार्थीलाई तयारी पोशाक वितरण गरेर मनाइदिएका छन् । विद्यालयका १६ छात्रलाई सर्टपेन्ट र १४ छात्रालाई सर्टफ्रक वितरण गरिएको हो ।
कार्यक्रमको संयोजन सो विद्यालयको पूर्वविद्यार्थी समाजले गरेको सहसचिव भरत ढकालले जानकारी दिए । आफुले अध्ययन गरेका विद्यालयमा अध्ययनरत अति विपन्न छात्रछात्रालाई विधालय आउन सहज होस् भनेर पोशाक वितरण गरिएको र यो कार्य गर्न पाउँदा खुसी भएको पौडेलले बताए।
पौडेलले आगामी दिनमा पनि आफू र आफ्नो परिवारको यस्तो कार्यलाई निरन्तरता दिने योजना रहेको बताए।
सो विद्यालयका पूर्वविद्यार्थी अजित कि श्रीमती जुनिताले अहिले बिर्तामोड नगरपालिका- ३ बिर्ताबजारमा आर्जु बुटिक पसल सञ्चालन गरिरहेकी छन्। औपचारिक कार्यक्रम बुटिककै ब्यानरमा भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र अधिकारी, हल्दिबारी – ४ का वडासदस्य सुरेन्द्र बाह्रकोटी, पूर्वविद्यार्थी समाजका अध्यक्ष पुष्पराज निरौला, सचिव प्रल्हाद सिलवाल , पूर्वविद्यार्थी आचार्य पण्डित अर्जुन भट्टराई लगायतले अजीत र जुनिताको कार्यको प्रशंसा गरेका थिए। ।