हल्दीबारी गाउँपालिकाद्वारा नागरिकका लागि निशुल्क रगत आपूर्तिको व्यवस्था

झापा।हल्दीबारी गाउँपालिकाले पालिका भित्रका नागरिकहरूलाई नि: शुल्क रगत आपूर्तिका लागि नेपाल रेडक्रस सोसाइटी झापासँग सम्झौता गरेको छ।
पालिका भित्रका बासिन्दाका लागि आकस्मिक अवस्थामा हल्दीबारीको स्थायी बासिन्दा भएको प्रमाण जस्तैः नागरिकता ,सवारीचालक अनुमति पत्र, राष्ट्रिय परिचय पत्र ) लगायत पेश गरेमा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र भद्रपुर र बिर्तामोड,बि एण्ड सि तथा दमक मार्फत बिरामीहरूलाई रगत आपूर्ति गरिने छ।
फ्रेस रगत तथा दुर्लभ रगत आवश्यक परेको खण्डमा खोजी कार्यमा सहयोग गर्ने पनि सम्झौता भएको छ।
हल्दीबारीका नागरिकहरूलाई रगत खोज्न सहज होस् साथै आर्थिक अभाव कै कारण रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भनेर रेडक्रस सँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search