झापा।हल्दीबारी गाउँपालिकाले पालिका भित्रका नागरिकहरूलाई नि: शुल्क रगत आपूर्तिका लागि नेपाल रेडक्रस सोसाइटी झापासँग सम्झौता गरेको छ।
पालिका भित्रका बासिन्दाका लागि आकस्मिक अवस्थामा हल्दीबारीको स्थायी बासिन्दा भएको प्रमाण जस्तैः नागरिकता ,सवारीचालक अनुमति पत्र, राष्ट्रिय परिचय पत्र ) लगायत पेश गरेमा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र भद्रपुर र बिर्तामोड,बि एण्ड सि तथा दमक मार्फत बिरामीहरूलाई रगत आपूर्ति गरिने छ।
फ्रेस रगत तथा दुर्लभ रगत आवश्यक परेको खण्डमा खोजी कार्यमा सहयोग गर्ने पनि सम्झौता भएको छ।
हल्दीबारीका नागरिकहरूलाई रगत खोज्न सहज होस् साथै आर्थिक अभाव कै कारण रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भनेर रेडक्रस सँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले बताए।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026
हल्दिबारीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान, ३५ प्रतिशतले लगाए खोप
September 25, 2026