



हल्दीबारी गाउँपालिका
१ गोलधापमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन्।गोलधाप साबिक वडा नं ७ निवासी दिदीबहिनी उमा गुरुङ र उषा गुरुङ उत्तरबाट दक्षिणतर्फ घर फर्कँदै गर्दा र बिर्तामोड–१० सैनिक बजार निवासी इश्वर निरौला किरातचोकबाट उत्तरतर्फ फर्कने क्रममा उनीहरू सवार मोटरसाइकल एक आपसमा जुधेका थिए।
दुर्घटना जन जागृती मावि बाट किरात चोक तर्फ जाने कुइनेटोमा दिउँसो करिब १:३० बजे भएको बताइएको छ।
निरौला सवार प्र ०१–००६ प ७६८६ को मोटर साइकल र उषा, उमा चढेको मे ९१–८१३ नम्बरको स्प्लेन्डर मोटरसाईकल एक आपसमा अनियन्त्रित भई जुध्दा दुर्घटना हुन पुगेको गोलधाप प्रहरी चौकिले जनाएको छ।
दुर्घटनापछि तीनै जना घाइते भई हाल बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचाररत छन् भने दुर्घटनाको थप अनुसन्धान भईरहेको र क्षतिग्रस्त मोटरसाईकल लाई प्रहरी चौकी गोलधापमा राखिएको पनि प्रहरी चौकी गोलधापले जनाएको छ ।







