शान्ति बाटिका महिला सहकारीको साधरणसभा, अध्यक्षमा पुन: शारदा लिङदेन

झापा।शान्ति वाटिका कृषि सहकारी संस्था लिमिटेड हल्दीबारी २ को २० वार्षिक साधरणसभा तथा ५ औ अधिवेशन आज सम्पन्न भएको छ।
संस्था कि अध्यक्ष शारदा लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन रहेका थिए भने वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, रेडक्रस उपशाखा  हल्दीबारीका सभापति कर्णाखर प्रसाई, एकता बहुउदेश्य सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो।
अधिवेशनबाट अध्यक्षमा पुन शारदा लिङदेन नै चयन भएकी छन् भने उपाध्यक्ष कौशिला श्रेष्ठ, कोषाध्यक्ष कमला खरेल सहित ९ सदस्यिय समिति सर्वसम्मत चयन भएको छ।

Advertisement

२०६२ सालमा स्थापना भएको संस्थाको कुल बचत ९२ लाख ३१ हजार ९ सय ६९ रहेको छ भने ५ सय १२ जना सदस्य रहेका छन यसैगरी संस्थाको कार्यक्षेत्र हल्दीबारी गा पा भरि रहेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search