हल्दीबारी ५ श्री नागदेवी मन्दिरमा श्रिमदभागवत सप्ताह ज्ञानमहायज्ञ समुद्घाटन

झापा। हल्दीबारी गाउँपालिका वडा नं ५ आँपढापमा अवस्थित श्री नागदेवी मन्दिरमा आज श्रिमदभागवत महापुराण, धनधान्याचल,अन्पुर्णा पुजा तथा तुलादान सप्ताह ज्ञानमहायज्ञ समुद्घाटन भएको छ ।
पुराण आयोजक समितिका अध्यक्ष चक्र बस्नेतको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन रहेका थिए भने वडा नं ५ का वडा अध्यक्ष खडग लावती, १ नं वडा अध्यक्ष देवी ब थापा, वडा सदस्यहरू प्रकास कार्की, कुल ब राई,प्रमुख वाचक पुण्यप्रसाद गुरागाई, धार्मिक व्यक्तित्व लक्ष्मी दंगाल, शान्ति सामुदायिक वन समुहका अध्यक्ष उदेश मोक्तान सहित संचारकर्मी, सुरक्षाकर्मी लगायतको विशेष आतिथ्यता रहेको थियो।
विभिन्न जातजातिको परम्परागत पोशाकमा सजिएर नौमती बाजा सहित कलशयात्रा गरिएको पुराणको मुख्य उद्देश्य नागदेवी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकिय क्षेत्रका रूपमा विकास गर्नु रहेको मन्दिर व्यवस्थापन समितका अध्यक्ष अम्बर विष्टले बताए।यो क्षेत्रमा
प्राकृतिक रूपमा उत्पति भएको एउटा पोखरी रहेको छ भने यहाँको पानी कहिले नसुक्ने र यहाँ भगवानको बास रहेको जनविश्वास रहेको छ।
चारकोशे वनसँगै रहेको यो मन्दिर क्षेत्र प्राकृतिक रूपमा अत्यन्तै सुन्दर रहेको छ।
उद्वाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले प्राकृतिक र धार्मिक रूपमा जोडिएको मन्दिर क्षेत्र विकासका लागि स्थानिय सरकारले सकेको सहयोग गर्ने प्रतिबद्वता जनाएका थिए।

Advertisement

पुराण आयोजनाका लागि देश विदेशमा रहेका युवाहरूले आर्थिक संकलन अभियान संचालन गरिरहेका छन्।
इश्वरा मगरले स्वागत गरेको कार्यक्रम याम दंगालले संचालन गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search