झापा। राप्रपा भद्रपुर नगर अध्यक्ष एवं उधोग वाणिज्य संघ झापाका वरिष्ठ उपाध्यक्ष राजकुमार राईले आफ्नो जन्मदिनमा नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजिवन केन्द्र भद्रपुरका १६ जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरूलाई जाडोको न्यानो कपडा वितरण तथा एकदिन को खाना खुवाएर जन्मदिन मनाएका छन्।

शारिरिक रूपले पूर्ण अपाङ्गता भएका र आफन्त नभएका व्यक्तिरूसँग जन्मदिन मनाएर थोरै भएपनि उनीहरूलाई खुसी बनाउन प्रयास गरिएको भन्दै राईले आगामी दिनमा यसैगरी मनाउने बताए।
यसअघिका जन्मदिनहरूमा पनि परोपकार वृद्वआश्रममा मनाएको भन्दै उनले भद्रपुरको यो संस्थामा पहिलो पटक पुगेको र संस्थाको लागि अरूबेला पनि सहयोग गर्ने धारणा राखेका थिए।निर्माण व्यवसायी राई सामाजिक र धार्मिक कार्यमा संलग्न रहदैँ आएका छन्।









